
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालक सहित ६ जना पक्राउ परेका छन् ।
अनैतिक क्रियाकलाप गरे गराएको आरोपमा अत्तरिया १ नम्बर गल्ली स्थित “गुडिया होटल”बाट होटल संचालक महिला सहित दुई युवारयुवती र तेघरीस्थित “न्यू सोल्टी होटल”बाट होटल संचालक पुरुष सहित दुई युवारयुवती गरी ६ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
सोमबार बेलुकी इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको बिशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरू माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
