त्रिभुवन माविमा लागुऔषध दुव्र्यसन सम्वन्धी कार्यक्रम सम्पन्न

धनगढी : धनगढी उपमहानगरपालिकाको आयोजनामा लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथामका लागि सचेतनामुलक कार्यक्रम त्रिभुवन माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । उपमहानगर पालिको वडा न ३ मा रहेको उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीको सहभागीतामा युवा शान्ति परिषद नेपालले लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथामका लागि सचेतनामुलक अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
पछिल्लो समयमा कैलालीको धनगढीमा लागुऔषदको दुव्र्यसनीमा विद्यालयमा अध्ययनरत विद्यार्थी फस्दै गएको र त्यसको नियन्त्रणका लागी धनगढी उपमहानगरले आयोजना गरेको लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथामका लागि सचेतनामुलक कार्यक्रमको सहजिकरण गरिरहेको परिषदका प्रेम ढुंगानाले जानकारी दिए । विगत एक महिना देखि उपमहानगरको आयोजना र युवा शान्ति परिषदको सहकार्यमा धनगढीको वडा नम्वर २ र ३ का प्रत्येक विद्यालयमा लागु औषद् को प्रयोगबाट हुने विभिन्न असर र त्यसबाट बच्ने उपायका वारेमा विद्यार्थीलाई सचेतना मुलक कार्यक्रम गरिरहेको उनले बताए ।
खुल्ला नाका कारण धनगढीमा अहिले लागुऔषद प्रयोगकर्ता दिनहु वढ्दै गएको र जसले गर्दा समाजमा निकै असर परिरहेको उनले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.