समुदायमा फोहोरको वर्गिकरण गर्न सिकाउँदै गोदावरी नगरपालिका

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले समुदायमा पुगेर घरमा उत्पादन हुने फोहोरलाई वर्गिकरण सिकाउन सुरु गरेको छ । स्थानीय समुदाय र नगरपालिकाको कर्मचारीको सहभागितामा यो अभियान सुरु गरेको हो । अभियानमा युएसएआईडी र ब्लु विष्ट टू भ्यालु संस्थाको पनि साझेदारी रहेको छ । नगरलाई कसरी स्वच्छ बनाउने उदेश्यसका साथ अभियान थालेको नगरपालिकाले जनाएको छ
नगरको चौकीडाँडा सामुदायिक वनमा फोहोर व्यावस्थापन केन्द्रको निर्माण अन्तिम चरणामा पुग्दै गर्दा गाउँ बस्ती तथा शहरका फोहोरलाई कसरी ब्यावस्थापन गर्ने र वर्गिकरण गर्ने काम भईरहेको छ । कुन फोहोरलाई कसरी ब्यावस्थापन गर्ने सम्बन्धि गाउँघरमा जनातको भेलामा जनचेतना फैलाउने गरेको छ ।
नगरपालिका भित्र फोहोरको दिगो व्यवस्थापनका लागि घरेलु फोहर पुनः वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापन गर्ने तयारीका लागि जनचेतना फैलाउदै आएको हो । फोहोरको स्रोतमा नै फोहोरको वर्गीकरण गर्नुको फाइदा र आवश्यकताका बारेमा पहिलो चरणमा नगरवासीलाई जानकारी गर्नका लागि काम अगाडि बढिरहेको नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन् । ‘नगर सरसफाईमा जनप्रतिनिधि र कर्मचारीको भन्दा बढी भूमिका स्थानीय नागरिकहरुको रहेको छ’, उनले भने । ‘त्यसका लागि नागरिकहरुले आफुले उत्पादन गरेको फोहोरलाई उचित ढंगले व्यवस्थापन गर्न महत्वपूर्ण छ ।’ एक्लो नगरपालिकाले जतिसुकै प्रयास गरे पनि सवच्छ नगर बनाउने नसकीने उनको भनाई रहेको छ । ‘जहाँ फोहोर उत्पादन हुन्छ । त्यहा नै सचेत भएमा सफा सहर सफा नगर बन्ने छ’ मेयर भट्टले भने ।
घरमा उत्पादन भएको फोहोर कुहिने र नकुहिने भाँडामा नराखी अर्को छुट्टैमा राख्नुपर्ने र फोहोरलाई आवश्यकता हेरी छुट्टाछुट्टै भाँडामा राखी वर्गीकरणका फोहोर व्यवस्थापन गर्न गाडीको व्यवस्था गर्ने तयारीमा रहेको छ । फोहोर घटाउने, रिसाइकल गर्ने र फोहोरबाट ऊर्जा रूपान्तरणको बीचमा सन्तुलन कायम गर्नु आवश्यक छ । धेरै क्षेत्रहरूमा फोहोरको अवैध डम्पिङ एक महत्वपूर्ण समस्या हो । जसले वातावरणीय प्रदूषण र स्वास्थ्य खतरा निम्त्याउँछ ।
फोहोर व्यवस्थापन भन्नाले वातावरण र जनस्वास्थ्यमा पार्ने असरलाई कम गर्ने उद्देश्यले फोहोरमैलाको सङ्कलन, ढुवानी, प्रशोधन, पुनः प्रयोग र विसर्जनलाई जनाउँछ । अनावश्यक प्याकेजिङ कम गरी सम्भव भएसम्म वस्तुहरू पुनः प्रयोग गरी, कागज, प्लास्टिक, गिलास र धातु जस्ता सामग्रीहरू पुनः प्रयोग गरेर फोहोरको मात्रा घटाउन सहयोग पुग्छ ।

नगरपालिकामा फोहोरमैला व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका कर्मचारी परमल सिह महराले फोहोरको स्रोतमै वर्गिकरण गर्ने गरि सिकाईको रुपमा कार्यक्रम आयोजना गरिएको बताए । उनले नगरका टोलबस्तीहरुमा पनि उक्त कार्यक्रमलाइ निरन्तर रुपमा गर्दै आएको बताए । आईतबार गोदावरी पुल, अत्तरिया बसपार्क, अत्तरियाको नालीको सरसफाई, स्याउले बजार, तेघरी, रिङरोड लगायत ठाउँमा जनचेतना फैलाउदै गरिएको छ । क्रमसः सबै ठाउँमा फोहोरको वर्गिकरणका बारेमा सिकाउने नगरपालिकाको लक्ष्य रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.