भारतबाट आयात हुने दुध रोक्न नेपाल किसान महासंघ कैलालीको माग

अत्तरिया, ३१ जेठ : नेपाल किसान महासंघ कैलालीले भारतबाट हुने दुध आयातलाई पूर्ण रुपमा रोक्नुपर्ने माग गरेको छ । बिहिवार कैलालीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै भारतबाट दुध आयात भइरहेको भन्ने विषयमा प्रभावकारी अनुगमन, छानविन गरि आयात बन्द गर्नुपर्ने माग गरेको हो ।
नेपालमा खोरेत रोग मुक्त घोषणा गरि दुध तथा दुग्धजन्य उत्पादनहरु अन्तराष्ट्रिय बजारमा निर्यात गर्ने व्यवस्था गर्नुपर्ने, नेपालमा सबै किसिमका दुग्ध पदार्थहरुको आन्तरिक खपत आन्तरिक उत्पादनबाटै गर्ने अनिवार्य व्यवस्था गर्नुपर्ने जिल्ला अध्यक्ष प्रकाशबहादुर थापाले बताए ।
उनले भने –‘पाउडर दुध उत्पादन गर्ने मिलहरु पूर्ण क्षमतामा सञ्चालन गरि उत्पादित कच्चा दुग्ध सबै खपत गरिनुपर्छ । नेपाली किसानद्धारा उत्पादित सम्पूर्ण दुध खरिद गरि मिल्क होडिे सधैका लागि अन्त गर्नुपर्छ ।’ महासंघले दुग्ध किसानको दुधको वक्यौता रकम तुरुन्त भुक्तानी गर्नुपर्ने र दुध गरिद गरेको एक हप्ताभित्र किसानले भुक्तानी पाउने व्यवस्थाको सुनिश्चितता गर्नुपर्ने माग गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.