Agni Offset Press

धनगढीमा प्लस– टु कप कर्पोरेट र एसइइ च्याम्पियन सिप आयोजना हुँदै, विजेतालाई एक लाख पुरस्कार

Aarati simant

अत्तरिया : कैलालीको धनगढीमा रहेको वाल्मीकि इन्टरनेशनल स्कूलले प्लस–टु कप कर्पोरेट च्याम्पियन सिप र एसइइ च्याम्पियन सिप फुटसल आयोजना गर्ने भएको छ । यहि असार पाँच गते देखि दश गते सम्म सञ्चालन हुने गरी दुवै कपको आयोजना गरिएको हो ।
विद्यालयले शिक्षासँगै विद्यार्थीको स्वास्थ्य र खेलकुदलाई उच्च प्राथमिकतामा राखेर हालै मात्र उच्च स्तरीय फुटसल गराउण्ड निर्माण गरेको छ । सोही ग्राउन्डमा बिहान कर्पोरेट र साँझ एसइई कप खेलाइने स्कुलका अध्यक्ष दिनेश भण्डारीले जानकारी दिए ।
उनले भने, हामीले विद्यार्थीको शिक्षा स्वास्थ्यलाई मध्यनजर गर्दै उनीहरूको सर्वागिंण विकासका लागि उच्च स्तरीय फुटसलको निर्माण पनि गरेका छौ र यसैमा हामीले असार पाँच गतेदेखि सुरु हुने गरी दुई वटा कप पनि आयोजना गरेका छौ । यसमा विभिन्न स्कुलले समेत भाग लिने छन् ।’
कर्पोरेट कपमा विभिन्न कर्पोरेट क्षेत्रका कम्तिमा २० वटा टिमको सहभागिता रहने जनाइएको छ । कर्पोरेट ३० वर्ष भन्दा माथि उमेर समूहकाले मात्र खेल्न पाउने छन् भने टिम दर्ता शुल्क पाँच हजार रहेको छ । यसका विजेताले नगद रु एक लाख र उपबिजेताले ५१ हजार सहित ट्रफी पुरस्कार पाउने छन ।
यस्तै एसइइ कपका विजेतालाई २० हजार र उपबिजेतालाई दश हजार सहित ट्रफी पुरस्कार पाउन विद्यालयले जनाएको । एसइई कपको हकमा भने टिम दर्ता निःशुल्क हुने छ । कक्षा दश सम्म पठनपाठन हुने वाल्मीकि इन्टरनेशनले अब प्लस–टु कक्षा पनि सञ्चालन गर्ने तयारी गरेको छ । जसमा विज्ञान, म्यानेजमेन्ट र होटेल म्यानेजमेन्ट कक्षा सञ्चालन हुने छन् । प्लस–टु कक्षा सञ्चालनको लागि सम्पूर्ण तयारी पुरा भइसकेको स्कुलका अध्यक्ष भण्डारीले जानकारी दिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.