अत्तरिया, ३२ जेठ : कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ९ मल्लो राजघाटमा झोलुङ्गे पुलको सिलान्यास गरिएको छ । शुक्रबार नगरप्रमुख हेमराज ओझा नगर उपप्रमुख द्रोपती रानाले संयुक्त रुपमा झोलुङ्ग पुलको सिलन्यास गरेका हुन् ।
कृष्णपुर नगरपालिका वडा न. ९ मल्लो राजघाटबाट धनगढी उपमहानगरपालिका वडा न.१३ राजपुर सुदूरपश्चिम प्रदेश आयुर्वेद अस्पताल सँगै राजपुर बजार जोड्ने गरि मोहना नदीमा झुलुङ्गे पुलको निर्माण हुन गइरहेको हो । सिलान्य कार्यक्रममा नगरप्रमुख हेमराज ओझाले झुलुङ्गे पुल निर्माण पश्चात विशेष गरी ९ नं वडाका बासीहरुलाई धनगढी आवतजावतमा सहज हुने विश्वास व्यक्त गरे । वर्षातको समयमा यस क्षेत्रमा पुलको समस्या हुने सानो काठको जोखिम भएको अस्थाई पूल पार गरेर आवजवात गर्ने गरेका छन् । यो झोलुङ्ग पुल निर्माणले बाढीले बगाउने गरेको समस्यालाई समाधान गर्न र यस क्षेत्रका मजदुर, दूध, तरकारी लगायतका उपज वस्तुहरू बेच्ने कृषक, पढ्न जाने विद्यार्थीहरु, बिरामी भएको बेला उपचारका लागी धनगढी अस्पतालमा गइरहेको बिरामीहरू,साथै दैनिक उपभोग्य सामग्रीहरू किनमेलमा आवतजावतको कठिनाइलाई मध्यनजर गरी उनीहरुको सुविधाको लागी अबको केही महिनामै सहज हुने गरी मेयर ओझाले बताए ।
उनले आगामी दिनहरूमा कृष्णपुर नगरबासीहरुलाई थप सहज हुनेगरी विभिन्न विकासका कार्यहरूमा निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै नगर उप प्रमुख द्रोपती रानाले यस क्षेत्रका किसान, कर्मचारी, व्यापारीहरु सँगै कृषकहरुले आफूले उत्पादन गरेका वस्तुहरू मोहना नदी तरेर जोखिमपूर्ण हुँदै बजार पुगाउने बाध्यता झोलुङे पुल निर्माण हुनासाथ सहज हुने बताईन । उनले अव किसानले चाहेको समयमा उत्पादित वस्तु छिटो छरितो बजारसम्म बिक्रीका लागी लान मिल्ने बताइन् ।
स्थानीय बासिन्दा घनश्याम जोशीले हर्सित हुँदै मोहना नदीमा झोलुङ्गे पुल निर्माण कार्य भएपछि बर्खाको समयमा जुन नदी पारगर्न जोखीम मोल्दै आएका थियौं त्यसको अन्त्य हुने भएको बताए । उनले सुरुमा पूल नहुँदा डुङ्गामा यात्रा गर्दै आइरहेको थिए त्यसपछि डुङ्गा पनि बगेर धेरैको ज्यान जोखिममा पनि परेको कठिनाई झेल्दै आइरहेको साथै अहोरदोहरको गर्नको लागी ७÷८ किलोमिटर घुमेर जानुपर्ने अवस्थाबाट छुटकारा मिल्ने बताए ।
यस्तै झुलोंगे पुल उपभोक्ता समितिका अध्यक्ष ओम प्रकाश चौधरीले १ वर्ष भित्रै यस क्षेत्रको जनताहरुको लागी गुणस्तरीय पुलको निर्माण गरी सजिलै आवतजावत हुने गरी निर्माण गर्ने भएको बताए । यस्तै ९ नं वडा अध्यक्ष कैलाशबहादुर बलायरले निर्माण हुँदै गरेको झोलुङ्गे पुलले यस क्षेत्रको जनतालाई सहज हुने भएकोमा खुसी ब्यक्त गर्दै उनले विभिन्न कार्यको लागी आवतजावत गर्न मोहना नदी बाधक भएको कारणले जुन झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको छ यहाँको जनतालाई एकदमै सहज हुने भएको बताए । उक्त झोलुङ्गे पुलको कुल लागत करिब १ करोड ९ लाख ४४ हजार बराबरको रकम रहेको जसमा कृष्णपुर नगरपालिकाको १४ लाख ४२ हजार, नेपाल सरकारको (कठ्ठा तथा बुलडग गृप्स) ७ लाख २४ हजार जिन्सी बाट, समुदायको २ लाख १८ हजार, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको ८५ लाख ७८ हजार बराबरको रकम रहेको झण्डै ११९.८० मिटर लामो पुल निर्माण हुने भएको हो ।
सम्बन्धित पाेस्टहरु