कृष्णपुर कलुवापुरमा कृषकलाई कृषि सामग्री वितरण

अत्तरिया : कृष्णपुर नगरपालिका वडा नं ७ मा आधुनिक खेती सँगै खेतीमा आत्मनिर्भर बनाउन कृषक समूहलाई कृषक सामग्री वितरण गरिएको छ । कलुवापुरको फूलवारी महिला कृषक समूहलाई नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषक सामग्री वितरण गरेको हो । उक्त सामग्री नगर प्रमुख हेमराज ओझाले एक कार्यक्रमका बीच कृषक समूहकी अध्यक्ष हरिना रानालाई हस्तान्तरण गरेका हुन् ।
वितरण गरिएको कृषक सामग्री फूलबारी महिला कृषक समुहले आबद्ध १५ जना कृषकहरुलाई लाभाङ्गित हुने उद्देश्यले मोटर, स्प्रे टंकी, हजारी, धेरै वर्ष चल्ने दिर्घकालिन सोचले टनेल प्लास्टिक सँगै फलामको खम्बा, बीउबिजन, वितरण गरेको छ ।
यस्तै हस्तान्तरण कार्यक्रममा नगर प्रमुख हेमराज ओझाले कृष्णपुर नगरपालिकाको ३ वडा मा तरकारी प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको बताए । कृष्णपुर नगरपालिका कृषि खेतीमा निरन्तर लागि परेको पछिल्लो समय काम लाग्ने दिर्घकालिन कृषि खेती बनाउने कृषकको लागत घटाउन, बजारमा प्रतिस्पर्धा गर्न सहज हुने गरी उक्त सामग्रीहरू वितरण गरिएको बताए । उनले पोली हाउस निर्माण गर्दा बार्है महिनामा खेती हुन सक्ने लक्ष्यका साथ कृषकहरुलाई पोली हाउस लगायतका अन्य सामग्री वितरण कार्यक्रम सञ्चालन गरेको बताए ।
यस्तै, कार्यक्रममा नगर उप–प्रमुख द्रोपती रानाले दिर्घकालिन सँगै आधुनिक सहज प्रविधिबाट कृषि गर्नको लागि कृषकहरुलाई कृषि सामग्री वितरण गरिएको बताइन् । उनले कृषि व्यापार व्यवसायमा जब सम्म थप उत्पादन बढ्दैन तब सम्म आर्थिक प्रगति नहुने भएको साथै कृषि उत्पादनमा जोड दिन कृषक समूहलाई सामग्री वितरण गरिएको बताईन् ।
कार्यक्रममा नगरपालिका कृषि शाखा प्रमुख लाल बहादुर धामीले कृषकहरुलाई उत्पादनमा लाभाङ्गित हुनेगरी ५० प्रतिशत अनुदानमा कृषक सामग्री वितरण गरिएको बताए । उनले किसानहरुको लागत घटाई उत्पादन बढाउने किसानहरुलाई आय आर्जनमा जोड्ने, आधुनिक प्रविधिबाट खेती योग्य बनाउन उत्पादन अनुसारको लाभ मिल्ने लक्ष्यले कृषि सामग्री वितरण गरिएको बताए । उनले नगरले वितरण गरेको आधुनिक कृषि यन्त्रले कृषकहरुको उत्पादनमा पक्कैनै टेवा पुग्ने र विगत वर्षको भन्दा खेतीमा आफ्नो छुट्टै पहिचान बनाई कृषिबाट उत्पादन वस्तुहरूको बाह्य बजारमा थप निर्यात गर्ने आशा रहेको बताए ।
सामाग्री पाएपछि कृषक मन्तरा कुमारी रानाले कृषिमा सहज हुने कृषि यन्त्र उत्पादन गरेकोमा नगरपालिकालाई धन्यवाद व्यक्त गर्दै कृषि गर्न लागेको धेरै समय भएको नयाँ प्रविधिबाट कृषि गर्ने सामाग्री पाउने मौका पहिलो पटक पाएको बताईन् । उनले पहिले आफू घरमा खानको लागि मात्र तरकारी उत्पादन गर्थे जब देखि समुह सञ्चालन भयो त्यो समय देखि तरकारीको व्यापार गरेर आयआर्जन गर्दै आइरहेको बताइन् । उनले धेरै पछि नयाँ प्रविधि बाट सहजताका साथ कृषि गर्नलाई ५० प्रतिशत अनुदानमा सामग्री पाउँदा खुसी लागेको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.