छोरीलाई बुबाले सलाम दिएपछि……

कुनै पनि पिताको लागि आफ्ना सन्तानको प्रगति र उन्नतिभन्दा ठूलो अरु के हुन सक्छ ? अझ भनिन्छ नि, हरेक पुरुष सबैलाई जित्न चाहान्छ शिवाय आफ्ना सन्तानलाई । सन्तान आफूभन्दा माथिल्लो ओहोदामा पुग्दा कुन पिता खुसी नहोलान् ?
हैदरावादको एक हृदयस्पर्शी तस्विरले यतिबेला धेरैको ध्यान खिचेको छ । सार्वजनिक उक्त तस्विरमा बुवा र छोरी छन, जहाँ बुवाले छोरीलाई सलाम गर्दै गरेको देख्न सकिन्छ । तस्बिरमा देखिएका पुरुष एन वेंकटेश्वरल जो, प्रहरी उपरीक्षक (एसपी) हुन् ।
अनि तस्बिरमा देखिएकी महिला एन उमा हाराथी एन वेंकटेश्वरलकी छोरी हुन् । झट्ट हेर्दा तपाईलाई एउटा बुवाले छोरीलाई किन सलाम गर्दैछ भन्ने लाग्न सक्छ । यसको वास्तविक कथा यस्तो छ– सन् २०२२ मा भारतको केन्द्रीय लोकसेवा आयोगको सिभिल सेवा परीक्षामा एयर थ्री प्राप्त गरेकी उमा हाल आई.ए.एस अधिकारीको रूपमा तेलंगाना पुलिस एकेडेमी(टिजिपिए) मा प्रशिक्षण लिइरहेकी छन् । भारतमा आइएस अफिसर भनेको प्रशासनिक सेवाको उच्च पदस्थ अधिकारी हो ।
प्रशिक्षणको लागी एकेडेमीमा प्रवेश गर्ने बेला उमालाई पुलिस बलमा विशिष्ट क्यारियर बनाएका उनका बुबा एन वेंकटेश्वरलले सलाम गरेर स्वागत गरेका हन् । एन वेंकटेश्वरलु एसपी सँगसँगै तेलंगाना पुलिस एकेडेमीका उप निर्देशक पनि हुन् ।
वेंकटेश्वरलुलेआफ्नी छोरीलाई सम्मान गर्न वर्दीमै उभिएर सलाम गरेका हुन । आफ्नी छोरीलाई गौरवान्वित बुबाको सलाम एकेडेमीमा धेरैले देखेका थिए । उक्त माहोलको सबैले प्रशंसा गरेका थिए । गर्व र भावनाले भरिएको त्यो क्षण सबैको नजरमा पुग्न धेरै समय लागेन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.