अत्तरिया : बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । सिगास गाउँपालिका-९ चौखामकी १९ वर्षीया महेश्वरी विकको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो। सोमवार साँझ घर नजिकै घाँस काट्न गएकी विकको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको ९ नम्बर वडाका वडा अध्यक्ष कृष्ण धामीले बताए। महेश्वरी उदय मावि गन्सुरमा कक्षा ९ मा अध्ययनरत थिइन्।