अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–४ मा रहेको गोदावरी आर्यघाटमा नेपाली सेनाद्वारा निर्माण गरेका संरचना घाट व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । शवदाह गृह र विश्रामस्थल सेनाले निर्माण गरेको हो ।
मंगलबार एक अनौपचारिक कार्यक्रममा तेघरीमा रहेको श्री देवीदल गणका गणपति तथा प्रमुख सेनानी रवि केसीद्वारा गोदावरी नगरपालिकाका वडा अध्यक्ष हेमप्रकाश मल्ल, घाट व्यावस्थापन समितिका अध्यक्ष कैलाशपर्बत जोशी, समितिका कोषाध्यक्ष मानबहादुर बलायर, अत्तरिया शहरी खानेपानी प्रतिनिधि यादव फुलारा, नेपाली सेनामा अन्य सदस्य, लगायतको उपस्थितिमा निर्माण संरचना हस्तान्तर गरेका हुन ।
सेनाले सुदूरपश्चिमको चर्चित धार्मिक स्थान गोदावरी धाममा रहेको आर्यघाटलाई थप परिमार्जित गरी नयाँ केही काम गरेर सहयोग गर्ने मनसायका साथ यस घाटमा १ थान शवदाह गृह टिनको छाना सहित र १ थान विश्रामस्थल पक्की बनाएर आज हस्तान्तण गरेका हुन ।
गर्मी मौसम या बार्सातको समयमा मालामी आएकाहरु लाई विश्राम गर्नका लागि सहज होस र मृत लाशलाई जलाउदा व्यावस्थित पारेर अन्तिम श्राद्धान्जली अर्पणका लागि सहज होस भन्ने उदेश्यकास साथ संरचना निर्माण गरिएका हुन् ।
आगामी दिनमा पनि घाटमा केही थप काम गरेर जाने गणपति राजु केसीले बताए । संरचना हस्तान्तर कार्यक्रममा नेपाली सेनाले यस क्षेत्रमा आउने अन्तिम संस्कारका लागि ६ ओटै पालिकाबाट आउने मानिसहरुलाई धेरै राहात हुने र आगामी दिनमा पनि नेपाली सेनाको सहयोग बाट अन्य कामको अपेक्षा गरेको जानकारी वडा न. ४ का वडा अध्यक्ष हेम प्रकाश मल्लाले बताए ।
घाट व्यावस्थापन समितिका अध्यक्ष कैलाश जोशीका अनुसार सेना जस्तै अन्य संघ संस्थाहरुसँग गोदावरी आर्यघाटको पूर्ण ब्यावस्थापनका लागि समितिको टिम दिनरात लागिरहेको बताए । आगामी दिनमा अन्तिम संस्कारका लागि दाउराको ब्यावस्थापन समेत गर्ने लक्ष्य रहेको उनले बताए । गोदावरी आर्यघाट व्यवस्थित नबन्दा दुर्गन्धित भएको गुनासो हुँदै आएको छ । शव विसर्जन गर्न पुग्नेहरुले व्यवस्थित रुपमा गर्न समेत समितिले अनुरोध गरेको छ ।
सम्बन्धित पाेस्टहरु