अत्तरिया : कैलालीको घोडाघोडी नगरपालिका–१२ नकफोडुवाका ३७ वर्षीय मोहनबहादुर खत्रीलाई पक्राउ गरिएको छ । खत्रीलाई मंगलबार साँझ ५ बजे इलाका प्रहरी कार्यालय सुखडको टोलीले पक्राउ गरेको हो ।
खत्रीले तीन नाल भरुवा बन्दुक लुकाएर राखेको भन्ने. सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।
उनको साथबाट लुकाइएका ३ नाल भरूवा बन्दुक पनि बरामद गरिएको छ । खत्रीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।