गोदावरीका विद्यालयमा फेरि दुई दिन गर्मि बिदा

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले पुनः दुई दिन गर्मी बिदा दिने निर्णय गरेको छ । भोली असार ६ गते देखि ७ गतेसम्म गोदावरी नगरपालिका भित्रका विद्यालयहरुमा बिदा दिने निर्णय गरेको हो ।

अत्याधिक गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै दुई दिन गर्मी बिदा दिने निर्णय गरिएको छ। नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै नगरपालिका भित्रका विद्यालयहरुमा बर्षे विदाबाट मिलान हुनेगरी दुई दिन बिदा दिने निर्णय गरेको उल्लेख छ । गोदावरीका विद्यालयहरुमा यसअघि पनि जेठ २० देखि २५ गतेसम्म गर्मी बिदा दिइएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.