Agni Offset Press

स्व.मन्त्रीको पुण्य तिथिमा बिरामीलाई फलफूल वितरण

Aarati simant

जगदीश रोकाया
बझाङ, ५ असार : सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री स्व.पृथ्वीबहादुर सिंहको वार्षिक पुण्य तिथिको दिन जिल्ला अस्पताल बझाङका बिरामीहरूलाइ फलफूल वितरण गरेको छ ।
स्व.मन्त्रीका जेष्ठ सुपुत्र अभिषेकबहादुर सिंहले आफ्नो मुवा बुवाको सम्झनामा जिल्ला अस्पतालका बिरामीहरूलाई र सदरमुकाम चैनपुरमा रहेको महिला सेफ हाउसमा बस्दै आएका हिंसा पीडित महिलाहरूलाई फलफूल वितरण गरिएको हो । सुदूरपश्चिम सरकारका तत्कालिन आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंह र उनकी धर्मपत्नी अमृतादेवी सिंह र मन्त्री कि भाउजू जयादेवी सिंहको गत असार ५ गते आजकै दिन गृह जिल्ला बझाङ आउनेक्रममा सवारी दुर्घटनामा परि निधन भएको थियो ।

फलफूल वितरण कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य पदका उपनिर्वाचनमा उप बिजेता अभिषेकबहादुर सिंह र कार्यक्रममा सहभागी जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले स्व. मन्त्रीको आत्मा शान्तिका लागि दुखि पीडितहरूलाई सान्तवना स्वरूप फलफूल वितरण गरेको बताए ।

साथै उनले स्व. मन्त्री सिंहले बझाङ काँग्रेस पार्टीमा खेलेको योगदान र सामाजिक कामको समेत स्मरण गरे । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागीता रहेको थियो । स्व. मन्त्री सिंहका छोरा अभिषेकबहादुर सिंहले बुवा र आमाको स्मृतिमा अमृता पृथ्वी ट्रस्ट स्थापना गरेर बझाङ्गी जनताको सामाजिक काममा सेवा गर्ने भावी योजना रहेको बताए । स्व. नेता पृथ्वीबहादुर सिंहलाई अहिले पनि बझाङ्गी जनताहरूले स्मरण गरिरहेका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.