Agni Offset Press

शैलेश्वरी माविका विद्यार्थीलाई लागूऔषध दुव्र्यसनी सम्बन्धि सचेतना 

Aarati simant

अत्तरिया, ५ असार : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ बडेँहामा रहेको शैलेश्वरी माविमा लागूऔषध दुव्र्यसनी सम्बन्धि सचेतना मूलक सचेतना मूलक कक्षा प्रदान गरिएको छ ।
राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानले गोदावरी नगरपालिका वडा नम्बर ६ को सहयोग तथा इलाका प्रहरी कार्यालय मालाखेतीको समन्वयमा विद्यालयमा कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुलाई बुधबार विद्यालयमै सचेतना मूलक कक्षा प्रदान गरेको हो ।
सचेतना मूलक कक्षाबाट करिब १५० जना विद्यार्थी लाभान्वित भएको प्रतिष्ठानका अध्यक्ष लिलाधर बास्कोटाले बताए । पछिल्लो समय लागूऔषधको प्रयोगबाट धेरै व्यक्तिहरु प्रभावित भईरहेको हुँदा लागूऔषध प्रयोग न्यूनीकरण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको उनले बताएका छन् ।
कार्यक्रममामा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले लागूऔषध दुव्र्यसनी सम्बन्धि तथा बच्ने उपायका बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए भने ब्रह्माकुमारी विश्वविद्यालयकी संचालिका ब्रह्मा कुमारी रविनाले धार्मिक विषयमा विद्यार्थिहरुलाई जानकारी गराएकी थिईन ।
कार्यक्रममा सुदूरपश्चिमकी पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष जग्गुराम चौधरी लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रममा पूर्वमन्त्री चौधरीले पछिल्लो समय अधिकांश व्यक्तिहरु लागूऔषधमा फस्नेक्रम बढेकाले यस्ता सचेतना मूलक कार्यक्रमहरुको आवश्यकता बढेको बताईन । उनले लागूऔषध प्रयोग न्यूनीकरणका लागि सबैपक्ष जिम्मेवार बन्न जरुरी रहेको बताईन । त्यस्तै वडा अध्यक्ष चौधरीले विद्यालय उमेरका बालबालिका, किशोरकिशोरी समेत लागूऔषध प्रयोगकर्ता हुनु दुःखद भएको बताए ।
‘कतिपय विद्यालय उमेरका बालबालिका, किशोरकिशोरी समेत लागूऔषध प्रयोगकर्ताका रूपमा पक्राउ परिरहेका छन्’ उनले भनिन ‘ त्यसैले पनि लागूऔषध न्यूनीकरणका लागि अब विद्यालयस्तरबाटै पहल गर्नु आवश्यक छ ।’

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.