काँग्रेस नेता जोशीद्वारा विद्यालयलाई एक लाख ११ हजार सहयोग

डोटी : नेपाली काँग्रेसका नेता पदमराज जोशीले विद्यालयलाई एक लाख ११ हजार रकम सहयोग गरेका छन्। नेपाली काँग्रेसका महासमिति सदस्य जोशीले डोटीको सायल गाउँपालिका–२ मा रहेको भवानी माध्यमिक विद्यालयलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका हुन्।

बुधवार विद्यालयमा आयोजित एक समारोहमा नेपाली काँग्रेसका नेता जोशीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर सिंह र प्रधानाध्यापक खड्कबहादुर सिंहलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँको चेक हस्तान्तरण गरे। नेता जोशीले विद्यालयको पठन पाठन र गुणस्तरीय शिक्षामा योगदान पुर्याउने उद्देश्यले सहयोग गरेको बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.