बझाङमा स्थानीयद्वारा टनेल खन्ने काममा अवरुद्ध

जगदीश रोकाया
बझाङ : बझाङमा निर्माण हुन थालिएको चैनपुर सेती जलविद्युत आयोजनाको टनेल खन्ने काम स्थानीयहरूले अवरुद्ध गरेका छन् । चैनपुर सेती जलविद्युत आयोजनाको वस्टीमा निर्माण हुन थालेको टेस्ट अडिट टनेल नम्बर ५ को सुरूङ्ग खन्ने काम तलकोट गाउँपालिका वडा नम्बर ३ बस्टीका गाउँलेहरूले अवरुद्ध गरेको हो ।
टनेल नम्बर ५ को सुरूङ्ग मार्ग बस्टी गाउँको जमिन मुनि भएर खोदिने भएको र बलास्ट गर्दा त्यसको कम्पनले गाउँमा असर पर्ने भएको भन्दै गाउँलेहरूले सुरूङ्ग खन्ने काम रोकेका छन् ।
जलविद्युत आयोजनाले केही दिन अगाडि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीद्वारा टनेलमा बलास्ट्गि गरेर उद्घाटन गरे पनि गाउँलेहरूले आयोजनाबाट आफ्नो माग पूरा नभएको भन्दै बस्टी निरको टेस्ट अडिट टनेलको काम अहिले अवरुद्ध भएको छ ।
गाउँलेहरूले आयोजनाका प्रमुख अनिलभक्त श्रेष्ठले टनेल माथि पर्ने जोखिमयुक्त घरहरूको पुनःस्थापन गर्ने मौखिक जानकारी दिए पनि तर अहिलेसम्म गाउँलेहरूको गुनासो सम्वोधन नगरेको हुँदा टनेलमा काम गर्न नदिएको स्थानीय मीनबहादुर रोकायाले बताए । उनले भने, हामी विकासका बाधक होईनौ । तर, जनतालाई दुख अप्ठारोमा पारेर योजनाको काम अगाडि बढ्न हुदैन् ।’
साईपाल गाउँपालिकाको काडा क्षेत्रमा ड्याम भएर सुरूङ्गमार्गबाट तलकोट गाउँपालिकाको बस्टीमा पावरहाउस निर्माण गरि २ सय १० मेघावाटको बिद्धुत निर्माण हुने भएको छ । यो आयोजनाको ६ वटा स्थानबाट टेस्ट अडिट टनेल खन्निने भए पनि अहिलेसम्म रूपातोलाको माथिल्लो स्थान र बस्टीको पावरहाउस क्षेत्रबाट मात्रै काम सुरू भएको छ । भने अन्य टनेलमा काम सुरू भएको छैन् । आयोजनामा काम गरिरहेका ईन्जिनियर रोशन खड्काले टेस्ट अडिट टनेल ५ को क्षेत्रमा काम गर्दा गाउँलेहरूले जतिक्षति, असर पर्छ भनेर गुनासो गरे पनि तर टनेल धेरै जमिन तल जाने भएकाले माथि सतहमा खासै असर नपर्ने बताए ।
चैनपुर सेती आयोजनाको ४७ अर्व लागत भएको पनि उनले जानकारी दिए । आयोजना स्थलको क्षति हुने अन्य जग्गाको भने जग्गा धनीहरूलाई मुवाब्जा दिई सकेको छ । बझाङमा चैनपुर सेती आयोजना जस्तै २ सय १६ मेघावाटको साईपालको धुलिमा पनि माथिल्लो सेती जलविद्युत आयोजना बन्दै छ भने चैनपुरको गोलाई क्षेत्रमा पनि चिलिमे जलविद्युत आयोजनाले पनि जलविद्युत आयोजना बनाउदै छ । जलसम्पदाका हिसाबले बझाङ धनी भएकाले बझाङमा अहिले ठूला जलविद्युतका मेघा परियोजनाहरू निर्माण भएर बझाङ जिल्ला बिद्घुत निर्माणको देशकै हव बन्दै छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.