अत्तरिया : कैलालीको प्रसिद्ध धार्मीक स्थल गोदावरिधामको कुम्भवाटिकाको मुख्य कलश चोरी भएको छ । गोदावरी नगरपालिका वडा नम्बर ४ मा रहेको धामबाट बिहिबार राति ११ बजेको समयमा कुम्भवाटिकाको मुख्य कलश चोरी भएको हो । कलश चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढी उप महानगरपालिका १४ फुलबारीका ३० वर्षीय मोहन कठायत र गोदावरी नगरपालिका ४ हाटखोलीका ३९ वर्षीय बल बहादुर रावत रहेका छन् । उनीहरुबाट कलश पनि तोडफोड गरिएको अवस्थामा बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।