अत्तरिया, ७ असार : कैलालीको गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा अपाङ्गता भएका ब्यक्तिहरुलाई सहायक सामग्री वितरण गरेको छ ।
सामग्री वितरण कार्यक्रम जनयुद्ध तथा जनआन्दोलनका घाइते अपाङ्ग संक्षण मञ्च नेपालका अध्यक्ष जयबहादुर धामीको सभापतित्वमा भएको हो । सामग्री वितरण गोदावरी नगरपालिका मेयर विरेन्द्र भट्टले गरेका हुन् ।
अपाङ्गता भएका ब्यक्तिहरुलाई सहायक सामग्री वितरण कार्यक्रममा नगरप्रमुख भट्टले गोदावरी नगरपालिका भित्र रहेका सम्पूर्ण अपाङ्गता भएका ब्यक्तीहरुको पहिचान गरी सबैलाई पालिका तथा वडाहरुको समन्वयमा जीवनयापनमा सबैलाई सहयोग गर्ने बताए । केही दिन अगाडि प्रदेशकै एकमात्र अपांगता भएका बालबालिका अध्ययनरत विद्यालय सुप समावेशी विद्यालय हालसम्म सञ्चालन हुँदैगर्दा समस्यामा परेकाहरुलाई के कसरी सहयोग गर्ने र पालिकाले कसरी सहजीकरण गर्न सकिन्छ भनि बिषेश चासो लिएको बताए । त्यसैगरी यसपालिका भित्र रहेका विभिन्न संघ संस्थामा आबद्ध रहेका अपाङ्गता रहेका मानिसहरूलाई पालिकाको क्रमिक रुपमा सक्ने सहयोग र अन्य दातृ निकायको सहयोगबाट यस नगरपालीकामा रहेका साथिहरुको सहयोगका लागि लागि पर्ने बताए ।
त्यस्तैगरी सामग्री वितरण कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख गोदावरी खत्री ले भनिन्, कोही जन्मजात अपाङ्ग हुन्छन कोही जीवनयापनका शिलशिलामा विभिन्न काम गर्ने शिलशिलामा अपाङ्ग भएका हुन्छन । उहाँहरु नी हामी जस्तै मनुश्य जीवन भएकाले उहाँहरुका समस्यालाई केहीहदसम्म सहजीकरण गर्न सहयोग पुगोस भनेर हामी बजेट विनियोजन गरी सहायता सामग्री वितरण गरेको बताइन ।
कार्यक्रमको सभापति गरेका अध्यक्ष धामीले भने अपाङ्गता भएका ब्यक्तीहरुलाई सहयोग गर्ने भनेकै स्थानीयपालिका, सहयोगी संस्थाले गर्छ, कोही अपाङ्गता भएका मानिसको दैनिक जीवन यापनमा कठिनाई भैरहेको कारण तपाई हामी सबैको सहयोगबाट जीवन जीउन केहीहदका लागि सहजीकरण हुने र आगामी दिनमा पनि स्थानीय सरकारले सहयोग गर्नेप्रति आफू ढुंक रहेको बताए । नले अझै पनि नगरमा अपांगता भएका व्यक्तिहरुको संख्या बढी रहेकाले नगरले त्यस्ता व्यक्तिहरुको सहजता हुने किसीमका कार्यहरुका लागि जनयुद्ध तथा जनआन्दोलनका घाइते अपाङ्ग संक्षण मञ्च नेपालले काम थालिरहेको बताए ।
नगरपालिकाको आर्थिक सहयोगमा जनयुद्ध तथा जनआन्दोलनका घाइते अपाङ्ग संक्षण मञ्च नेपालको सहायक तथा अपाङ्ग कार्य संजाल गोदावरी नगरपालिका कैलालीको समन्वयमा सामग्री खरिद गरेको हो । ३ थान बैशाखी र ३ थान छडी, २ थान, २ थान वाकर, २ जनालाई शौचालय सिट र २० थान ह्वील चेयर सहयोग गरेको छ ।
सम्बन्धित पाेस्टहरु