दार्चुलामा सिकारीको गोली लागेर एक जनाको मृत्यु

दार्चुला : दार्चुलामा जंगलमा सिकार गर्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ । शनिबार बिहान नौगाड गाउँपालिका–१ नागु लक्सेरीका ५५ वर्षीया धंके डडालको सिकार गर्ने क्रममा गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको बिहान १० बजेतिर सिकारीको भरुवा बन्दुकको गोली लागेर धंकेको टाउकोमा गोली लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए । उनीसँगै सिकार गर्न गएका लक्सेरी नागु बस्ने अन्दाजी ५३ वर्षका जयसिंह डडालले चलाएको गोली लागेर ज्यान गएको हो । गोली हान्ने जयसिंहलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.