सिँचाइ ट्यांकीमा डुबेर बैतडीमा एक बालकको मृत्यु

अत्तरिया : बैतडीमा सिँचाइ ट्यांकीमा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका–१० महरागाउँका ५ बर्षीय मुकेश महराको सिँचाइ ट्यांकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले बताए।

शनिबार बिहान घर नजिकैको सिँचाइ ट्यांकीमा खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका महराको जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.