सडकमा हिँडिरहेका मानिसलाई दुःख दिने तेस्रो लिङ्गीहरू पक्राउ

अत्तरिया : सडकमा हिँडिरहेका मानिसहरूलाई अनावश्यक हैरानी दिने ६ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (तेस्रो लिङ्गी) प्रहरीले पक्राउ गरेको छ । धनगढी उप–महानगरपालिका–३ चटकपुर स्थित सडकबाट उनीहरूलाई वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमान्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक कवीन्द्र सिंह बोहराका अनुसार पक्राउ पर्नेहरूमा पर्सा बस्ने २५ वर्षीया उर्मिला तावा, कैलाली घर भएकी १९ वर्षीया रेनुसिंह ठकरी, कैलालीकै १८ वर्षीया पारु ठकुरी, कैलाली घर भएकी १९ वर्षीया अनु मगर, कञ्चनपुरकी १९ वर्षीया निशा खड्का र बझाङकी १८ वर्षीया निशा बोहरा छन् ।
बोहराका अनुसार उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.