धनगढीबाट समातिएका जुवाडे, पुर्व वडा अध्यक्ष देखि प्रहरी र ब्यापारी

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका ३ बाट पक्राउ परेका जुवाडेहरु पुर्व वडा अध्यक्ष, पुर्व प्रहरी र ब्यापारी रहेको खुलेको छ । (शनिबार) धनगढी उपमहानगरपालिका–३ रिङरोडस्थित हिरा गजुरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेकाहरु मध्ये पुर्व जनप्रतिनिधी देखी नेता र ब्यापारी रहेको खुलेको हो । प्रहरीले हिरा गजुरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा गजुरेलसहित सात जनालाइ समातेको थियो । उनीहरुलाइ गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नगद ६५ हजार ५ सय ५ रुपैयाँ र ३ गड्डी ताससहित समातेको थियो ।

यसरी समातिनेमा धनगढी वडानम्बर ३ का पूर्व वडाध्यक्ष एवं नेकपा माओवादी केन्द्रका नेता बलबहादुर ऐर, नेपाल प्रहरीका पूर्व सई मोहनसिंह धामी र व्यापारीहरु कैलाश गुरुङ, धनशेर बिष्ट, बिष्णु लामा र विजय नाथ रहेका छन् । उनीहरलाई अहिले थुनामा राखेर थप अनुसन्धान भैरहेकोे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.