गोदावरीको विकासका लागि विरोध होइन, हातेमालो आवश्यक : मेयर भट्ट

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले नगरको विकासका लागि सबैले विरोध नभएर हातेमालो गर्न आवश्यक रहेको बताएका छन । आईतबार नगरपालिकाको नगरसभा उनले भने ‘आत्मनिर्भर, सुन्दर र समृद्ध गोदावरी’को परिकल्पनालाई साकार पार्न सबैको साथ र सहकार्य आवश्यक भएको बताए । ‘यस क्षेत्रलाइृ सुन्दर र आत्मनिर्भर बनाउने अवस्थामा धेरै विकास निर्माणका काम भएका छन’ उनले भने ‘निर्वाचित जनप्रतिनिधिको मात्रै नभई यहाँ बसोबास गर्ने सबैको जिम्मेवारी भएकाले नगरको विकास निर्माणका लागि सबैले हातेमालो गर्न जरुरी रहेको छ ।’

कार्यक्रममा नगर प्रमुख वीरेन्द्र भट्टले भने, ‘यस क्षेत्रको समग्र विकासको निम्ति यस क्षेत्रलाई सुन्दर, विकसित बनाई सबैकुरा जनप्रतिनिधिबाट मात्रै सम्भव हुँदैन् विकासको कार्यमा विरोध गर्नु भन्दा जिम्मेवारी पूर्वक समन्वय साथ नगरको विकासको कार्यमा अघि बढ्न आवश्यक छ ।’ हिजोको भन्दा नगरको विकासमा साच्चैनै परिवर्तन गरेर देखाउने सोचको साथ अगाडि बढेको उनले बताए । विकासका लागि समग्र जनप्रतिनिधिहरु हातेमालो गरेर विकासको कार्यमा अघि बढ्नु नै नगरको हित हुने उनले बताए ।
उनले आर्थिक परिस्थित प्रतिकुल हुदाँ पनि सबै क्षेत्रलाई समेटेर अगाडी बढेको उनको दावी रहेको छ । उनले शिक्षा, स्वास्थ्य र कृषिलाई सबैभन्दा पहिलो प्राथमिकतामा राखेर नगरले काम गरिरहेको बताए । उनले विकासका केही काम गर्न खोज्दा पनि विरोध गर्ने परिपाटी समाजमा मौलाएको बताए ।

‘छाडा पशु चौपायाका लागि वृहत योजना सहित गौशालाको लागि २ वर्षसम्म प्रयास थाल्यौ, तर विरोध मात्रै गर्छन’ उनले भने ‘सरकारी जग्गामा सरकारी भवन बन्दै गर्दा हाम्रै मान्छेले मुद्धा हालेको छ ।’ उनले ऐन नियम तथा कार्यविधि बनाईसकेकाले सबैको सहयोग भए गौशाला निर्माणका लागि आफु कटिबद्ध रहेको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.