Agni Offset Press

तीन दिने बालचलचित्र महोत्सव सम्पन्न

Aarati simant

धनगढी : चलचित्र विकास बोर्डकि आयोजनामा सुदूरपश्चिम प्रदेशको धनगढीमा शुक्रबारदेखि शुरु भएको राष्ट्रिय बालचलचित्र महोत्सव–२०८१ आइतबार सम्पन्न भएको छ । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा शुरु भएको उद्घाटन समारोहमा स्थानीय लोक संस्कृति, झाँकी, नृत्य तथा बालबालिकाहरुको प्रतिभा प्रस्तुतीसँगै विभुता सिटौला निर्देशित बालचलचित्र शिलावाला प्रदर्शन गरिएको थियो । तीन दिनसम्म चलेको महोत्सवमामा १ दर्जन बढी बाल चलचित्रहरु प्रदर्शन गरिएको थियो । चलचित्र विकास बोर्डले प्रशिक्षित गरेका बालबालिकाहरुद्वारा निर्माण गरिएका चलचित्रहरु पनि महोत्सव प्रदर्शन गरिएको थियो ।

महोत्सव संयोजक तथा बोर्ड प्रवक्ता केएल बुढाथोकीका अनुसार बोर्ड अध्यक्ष भुवन केसीले बालबालिकासंग भुवन केसी कार्यक्रममा आफ्नो चलचित्र यात्राबारे बालबालिकासँग संवाद तथा अन्तरक्रिया गरेका थिए ।

बालबालिकालाई आफ्नो कथा भन्ने तथा हेर्ने वातावरण तयार गर्ने, चलचित्र मार्फत शिक्षा, संस्कृति र चेतना हस्तान्तरण गर्ने, बालबालिकाको मनोरञ्जनको अधिकारको प्रवर्द्धन गर्ने, चलचित्र मार्फत बालबालिकाहरुको भावना, धारणा र व्यवहारमा परिस्कार ल्याउने तथा सिनेमा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव सफल र उपलब्धिमूलक रहेको बोर्डका सदस्य सचिव राजेश थापाले बताए। बोर्डले गत वर्ष दाङमा प्रहिलो बाल चलचित्र महोत्सव आयोजना गरेको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.