
अत्तरिया : कैलाली भजनी नगरपालिकाको वडा नम्बर १ र ९ मा बाढीपीडितका नाममा १८ वर्षदेखि बस्दै आएका झण्डै पाँच\सय घर र टहरा सोमबार भत्काइएको छ ।
डिभिजन वन कार्यालय पहलमानपुरले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा घर, टहरा भत्काएको हो । वर्षातका बेला घर डुबान परे भनेर केही दिनलाई बस्न आएकाहरुले जङ्गल क्षेत्र खाली नगरेकाले हटाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक एवम् पदमबहादुर विष्टले बताए ।
उनका अनुसार डिभिजन वन कार्यालयका प्रमुख रामविचारी चौधरीको नेतृत्वमा घररटहरा भत्काउन थालिएको छ । सुरुमा जङ्गल क्षेत्र खाली गराउन समस्या उत्पन्न हुने देखिएको थियो । तर सुरक्षाकर्मीको मेहनतले त्यो समस्या समाधान भएको छ । भजनी बजार छेउमा रहेको जङ्गलमा सो नगरपालिकाका वडानम्बर ३, ५, ७ र ९ का बासिन्दाहरु बाढीपीडित भन्दै बस्न आएका थिए ।
