Agni Offset Press

कैलालीका १२ स्थानीयतहले ल्याए बजेट

Aarati simant

अत्तरिया : कैलालीका १२ स्थानीय तहले आगामी आर्थिक वर्षको अनुमानित बजेट नगर तथा गाउँ सभामा प्रस्तुत गरेका छन् । जिल्लाको लम्की चुहा नगरपालिकाबाहेक सबै स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सभामा पेश गरेका हुन् ।
असार १० गतेभित्र आर्थिक वर्षको राजश्व र व्यय अनुमान पेश गर्नुपर्ने कानुनी व्यवस्था अनुसार कैलालीका १२ वटै स्थानीय तहले सभामा बजेट पेश गरेका हुन् । १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभामा पेश गरि पारित गरेका छन् । सभामा बजेट पेश गरेका अधिकाँस स्थानीय तहहरुले छलफलबिनै पारित गरेको जनाएको छ ।

लम्की चुहा नगरपालिकाको नगर प्रमुख वैदेशिक भ्रमणमा रहेकाले नगरको बजेट समयमै आउन नसकेको हो

जिल्लाका पाँच स्थानीय तहले सभामा पेश गरेको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पारित गरिसकेका छन् । प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले दुई अर्ब १८ करोडको अनुमानित बजेट सभामा पेश गर्दै पारित गरिसकेको छ भने जिल्लाको दुर्गम मानिएको मोहन्याल गाउँपालिकाले ५३ करोड ५३ लाख अनुमानित बजेट सभामा पेश गरि पारित गरिसकेको छ ।
असार ५ गते गाउँसभामा आगामी आर्थिक वर्षका लागि ६८ करोड ५६ लाख १८ हजार अनुमानित बजेट ल्याएको जानकी गाउँपालिकाले पनि सर्वसम्मत पारित गरेको छ भने ९ गते भजनी नगरपालिकाले ६८ करोड ९७ लाख ६० हजार अनुमानित रकमको बजेट पारित गरेको छ ।
टीकापुर नगरपालिकाले पनि आइतबार ८५ करोड ४४ लाख १० हजारको बजेट सभामा पेश ग¥यो । सोमाथि छलफल नगरि पारित भएको जनाइएको छ । टीकापुरले कुल बजेटमा चालु र साधारण खर्च १६ करोड, नगरपालिकाको प्राथमिकताका योजनामा ११ करोड, सबै वडाका लागि छ करोड, वडामा कालोपत्रेका लागि करीब ९ करोड बजेट विनियोजन गरेको छ ।
गोदावरी नगरपालिका, घोडाघोडी, गौरिगंगा नगरपालिका, बर्दगोरिया गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सभामा पेश गरेको छ । सभामा पेश भएका बजेटमध्ये सबैभन्दा कम चुरे गाउँपालिका रहेको छ । सो गाउँपालिकाले ४९ करोड बराबरको अनुमानित बजेट सभामा पेश गरेको छ ।
जिल्लाको गोदावरी नगरपालिकाले आइतबार एक अर्व २२ करोड ३३ लाख ६५ हजारको अनुमानित बजेट सभामा पेश गरेको छ । बर्दगोरिया गाउँपालिकाले ८० करोड एक लाख बराबरको अनुमानित बजेट आइतबार पेश गरेको छ । कैलारी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को लागि ७७ करोड २१ लाख १२ हजारको बजेट ल्याएको छ । सोमबार भएको आर्थिक बर्ष २०८०÷०८१ सालको गाउँसभा अधिवेशन (वर्षे÷बजेट अधिवेशन) बाट संघीय सरकारबाट ६५ करोड ५२ लाख ८ हजार, प्रदेश सरकारबाट २ करोड ९६ लाख ६७ हजार, गाउँपालिका आन्तरिक आय २ करोड ५६ लाख ५० हजार र गैरसरकारी संघ संघको कार्यक्रम ६ करोड १५ लाख ८७ हजार गरी कुल ७७ करोड २१ लाख १२ हजार बजेट गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी प्रस्तुत गरिन् ।
सोमबार गौरिगंगा नगरपालिकाले ९५ करोड ४५ लाख ९७ हजारको अनुमानित बजेट पेश गरेका छन् । सोमबार घोडाघोडी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९७ करोड ४४ लाख ८७ हजार रकमको अनुमानित बजेट सभामा पेश गरेको थियो । सो बजेटमाथिको छलफलमा कार्यपालिका सदस्यहरुले भाग नलिएपछि सर्वसम्मति ढंगले पारित भएको छ ।
जिल्लाको लम्की चुहा नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगर सभामा पेश गरिसकेको छ । तर, असार १० गतेभित्र ल्याइसक्नुपर्ने बजेट भने सभामा पेश गरेको छैन । नगर प्रमुख शुशिलाकुमारी शाही वैदेशिक भ्रमणमा रहेकाले नगरको बजेट समयमै आउन नसकेको जनाइएको छ । नगर प्रमुख शाही विदेशबाट फर्केपछिमात्र नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट ल्याइने जनाइएको छ । नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट असार २५ गते सभामा पेश हुने नगर उपप्रमुख जुना थारुले बताइन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.