Agni Offset Press

सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च ४४ प्रतिशत

Aarati simant

अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारले ११ महिनाको अवधीमा कुल विनियोजित बजेटको ४४ दशमलव ३३ प्रतिशत बजेटमात्र खर्च गरेको छ ।
प्रदेश सरकारले चालु आव २०८०\८१ को साउनदेखि जेठ मसान्तसम्मको अवधिमा कुल विनियोजित बजेटमध्ये चालुतर्फ ४९ दशमलव १५ प्रतिशत र पूँजीगततर्फ ४१ दशमलव ७३ प्रतिशत बजेट खर्च गरेको हो ।
प्रदेश सरकारले सो अवधिमा चालुतर्फ पाँच अर्ब ८७ करोड ७७ लाख रुपैयाँ र पूँजीगततर्फ सात अर्ब १० करोड ४७ लाख रुपैयाँ गरी १२ अर्ब ९८ करोड २४ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढी कैलालीका सूचना अधिकारी यज्ञराज पाण्डेयले जानकारी दिए ।
उनका अनुसार प्रदेश सरकारले चालु आव २०८०\८१ का लागि कुल २९ अर्ब २८ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । चालुतर्फ ११ अर्ब ९६ करोड १६ लाख रुपैँया, पूँजीगततर्फ १७ अर्ब दुई करोड २३ लाख रुपैयाँ र वित्तिय व्यवस्थापनतर्फ ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको कार्यालयले जनाएको छ ।
सो ११ महिनाको अवधीमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले १६ करोड ३० लाख रुपैयाँ, भौतिक पूर्वाधार विकास मन्त्रालयले छ अर्ब २४ करोड ९१ लाख रुपैयाँ, सामाजिक विकास मन्त्रालयले दुई अर्ब ८६ करोड ६९ लाख रुपैयाँ र उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले ९४ करोड ६३ लाख रुपैयाँ बजेट खर्च गरेको सूचना अधिकारी पाण्डेय जानकारी दिए ।
उनका अनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयले १७ करोड ३० लाख रुपैयाँ, आर्थिक मामिला मन्त्रालयले सात करोड ३७ लाख रुपैयाँ र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ८८ करोड ९० लाख रुपैयाँ खर्च गरेको छ । त्यस्तै, प्रदेश व्यवस्थापिकाले ११ करोड ३९ लाख रुपैयाँ, प्रदेश लोक सेवा आयोगले चार करोड चार लाख रुपैयाँ र प्रदेश नीति तथा योजना आयोगले एक करोड ७८ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.