Agni Offset Press

अत्तरियाको शिव मन्दिर परिसरमा ब्यायामशाला संञ्चालनमा ल्याउने

Aarati simant

अत्तरिया : गोदावरी नगरपालिका वडा न. १ को पृथ्वीनगरटोलमा रहेको शिव मन्दिर परिसरमा व्यायाम गर्नका लागि व्यायामशाला संचालनको तयारीमा रहेको छ ।
हिन्दु धर्मावलम्बीहरुले पुज्दै आएको यस मन्दिरको परिसरमा बिहानी समयमा मर्निङ वाक तथा अन्य समयमा समय बेतित गर्न आउने मानिसहरु व्यायाम गरी निरोगी बनुन भन्नका लागि व्यायामशालाको व्यावस्थापन गरेको जानकारी गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले बताए ।
‘सुरुवाती समयमा केही सामग्री र उपकरण छन्, विभिन्न उमेर समूह, शहरवासीमध्ये धेरैमा देखिएका शारीरिक समस्या, स्वस्थ्य जीवनजस्ता पक्षलाई हेरेर व्यायामशालामा सामग्री तथा उपकरण प्रदेश सरकारको सहयोगबाट राख्न सफल भएका छौ, पालिकाको तर्फबाट मन्दिर परिसरमा ग्राभेल गर्ने काम र वरीपरी तार जाली लगाउने काम भएको जनाउदै, आगामी दिनमा गोदावरी नगरपालिकाले भूईमा ब्लक बिछ्याउने कामका लागि अगाढी बढाउने जानकारी अनुगमनका क्रममा नगर प्रमुख भट्टले बताएका छन ।
सबैलाई व्यायामशालाको भरपुर उपयोग गर्न आग्रह गर्दै यसको संरक्षण र सम्वद्र्धन गर्ने दायित्व पनि नागरिकको रहेको नगर प्रबक्ता तथा वडा न. १ का वडा अध्यक्ष गोपालदत्त भट्टले बताए । साथै, मन्दिर परिसरमा व्यायाम सामग्री स्थापना तथा व्यवस्थापनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.