गोदावरीको सेती सामुदायिक वनमा एक नाले बन्दुक फेला

अत्तरिया : कैलालीको गोदावरीमा रहेको एक सामुदायिक वनमा प्रहरीले एक नाले बन्दुक बेवारीसे अवस्थामा फेला पारेको छ। गोदावरी नगरपालिका–४ मा रहेको सेती सामुदायिक वनबाट अस्थायी प्रहरी पोष्ट गोदावरीबाट खटीएको प्रहरी टोलीले वनमा सालको रुखको प्वालभित्र लुकाइराखेको अवस्थामा बरामद गरेको हो।

प्रहरीले एक थान एक नाले भरूवा बन्दुक, सिसाको गोली–१८ वटा, छर्रा–१५ वटा र एउटा सानो डिब्बा बारुदको फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.