Agni Offset Press

नेपाल नगरपालिका संघ सुदूरपश्चिमद्वारा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयलाई ध्यानाकर्षण

Aarati simant

अत्तरिया : नेपाल नगरपालिका संघ सुदूरपश्चिम नेपालले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयलाई स्थानीय तहमा जाने बजेट शुनिश्चितताको साथै सबै स्थानीय तहमा रातो किताव उपलब्धताको लागि ध्यानार्षण गरेको छ ।

नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टद्वारा हस्ताक्षरित पत्रमा भनेको छ, “स्थानीय सरकारको आगामी आव २०८१\०८२ को नीति तथा कार्यक्रम र बजेट नेपालको संविधान र संघीय कानून बमोजिम अषाढ १० गतेभित्र गाँउसभारनगरसभामा पेश गरिसक्नु पर्ने ब्यवस्था छ” ।
पत्रमा भनेका छन, संघ सरकार र प्रदेश सरकारले समयमै योजनाको बिवरण उपलब्ध गराएमा दोहोरोपना लगायत प्राथमिकताको क्षेत्र समेत निर्धारण गर्न सहज हुने र सोही बमोजिम नगरपालिकारगाँउपालिकाहरुले २०८१ अषाढ १० गते सम्ममा आगामी आ।व।को नीति तथा कार्यक्रम र बजेट पेश गर्नुपर्ने भएको हुँदा समयमा स्थानीय तहमा जाने बजेट शुनिश्चितताको साथै सबै स्थानीय तहमा रातो किताव उपलब्धताको लागि प्रदेश सरकारको ध्यानाकर्षण गर्दछौँ ।

स्थानीय निकायले कामकाज गर्दा समयमा प्रदेश र केन्द्रबाट योजना सुनिश्चित गरेको खण्डमा स्थानीय निकायले पनि काम (काजका लागि सहज हुने गरी समयमै पालिकाले माग गरेका मध्ये योजना परेकाहरुलाई रातो किताव उपलब्धताको लागि प्रदेश सरकारको ध्यानाकर्षण गरेका छन ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.