अछाम, ११ असार : अछाममा बाटोमा चुँडिएको बिजुलीको तारबाट करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिकामा मङ्गलवार दिउँसो एक बालकको ज्यान गएको हो ।
तुर्माखाँद गाउँपालिका–७ को कालाखोला नजिक सोही गाउँपालिका–६ रानीवन निवासी धर्म कामीका छोरा अन्दाजी १५ वर्षीय बिमल कामीको ज्यान गएको छ । करेन्ट लागेर बिमलको घटनास्थलमै ज्यान गएको हो । मृतक र उनका भाइ झंकर विक तुर्माखाँद गाउँपालिकामा अध्ययन सामग्री किन्न गइरहेका बेला घटना भएको बताएका छन ।
सम्बन्धित पाेस्टहरु