स्वास्थ्य सम्बन्धी पुर्नस्थापना लागि अभिमुखिकरण

अत्तरिया : गोदावरी नगरपालिकामा स्वास्थ्य सम्बन्धी पुर्नस्थापना सेवाका लागि जनप्रतिनिधि लगायत सरोकारवालालाई अभिमुखिकरण गरिएको छ । मंगलबार राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशले गोदावरी नगरपालिकाकी उप प्रमुख शारदादेवी रोकायाको उपस्थितिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा प्रमुखहरु, इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापा, अपाङ्गता परिचयपत्र समन्वय समिति सदस्य तथा गोदावरीमा अपांगताका क्षेत्रमा काम गर्ने विभिन्न व्यत्तिहरुको उपस्थिति रहेको थियो । युएसए आइडि र हेन्ड क्याप इन्टरनेशनलको आर्थिक सहयोग रहेको अभिमुखीकरणमा गोदावरी नगरपालिका महिला विकास शाखाले समन्वय गरेको थियो ।
अभमुखिकरणमा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशकी पुर्नस्थापना परियोजना संयोजक निता विष्टले नगरमा अपाङ्गता भएका व्यत्तिको पुर्नस्थापनाका बारेमा केहि धारणा बनाउनुपर्ने बताईन् । अपाङ्गता भएका ब्यक्तिका स्वास्थ्य र पुर्नस्थापना संग सम्बन्धित विभिन्न कानुनहरु निर्माण गर्नुपर्ने उनको भनाई थियो । पुर्नस्थापना अपाङ्गता भएका व्यत्तिलाई मात्रै नभई जुनसुकै व्यत्तिलाई जतिसुकै बेला पनि आवश्यक पर्नसक्ने भएकोले स्थानीय तहले यस्को तयारी गर्नु आवश्यक रहेको उनको भनाई थियो ।
अभिमुखिकरणमा अपाङ्गता परिचयपत्र समन्वय समिति सदस्य अनिल मल्लले बैंक माथील्लो तलामा भएको हुँदा सामाजिक सुरक्षा भत्ता लिन जाँदा साह्रै समस्या हुने गरेको गुनासो गरे । उनले यस्को समाधानका लागि पहल गरिदिन नगरपालिकाको सामाजिक विकास शाखालाई आग्रह गरेका छन् । यस्तै राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका सचिव नरदिप धामीले मालाखेती अस्पतालमा औषधी नपाईने जनगुनासो लाई समाधान गर्नुपर्ने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.