अत्तरिया : धनगढीमा विपद पूर्व तयारी तथा पूर्व सूचना प्रणालीको समीक्षा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा वातावरण तथा इन्जिनियरिङ रिर्सज सेन्टर (ईईरासी) को प्राविधिक सहयोगमा मंगलबार धनगढीमा भएको विपद पूर्व तयारी तथा पूर्व सूचना प्रणालीको समीक्षा कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा.हरि लम्सालले समुदायसम्म विपद सम्बन्धी जनचेतना फैलाउनु पर्ने बताए । उनले थारु समुदायमा बडघर हुने प्रचलन भएकाले समुदाय सम्म विपद सम्बन्धी जनचेतना फैलाउन आवश्यक रहेको बताए । प्रदेशका सबै स्थानीय तहहरुपनि विपद सम्बन्धी तयारीमा जुटनुपर्ने उनले बताए ।
यस्तै आन्तरिक मामिला मन्त्रलायका सचिव सुशिल वैद्यलेविपदमा समुदाय जोडीनुपर्छ र समुदाय स्तरमा जोडदिनुपर्ने बताए । विपद सम्बन्धी कार्यक्रमहरु गर्दै आइरहेको र पूर्वतयारीलाई विशेष ध्यान दिनुपर्ने उनले बताए । उनका अनुसार विपद सम्बन्धी सूचनाको पहुँच अझै बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा सरोकारवाला, कर्मचारी र सुरक्षानिकाय लगायतको उपस्तिथी रहेको थियो ।
सम्बन्धित पाेस्टहरु