कैलालीमा चट्याङ लागेर थप एक जनाको मृत्यु, दुई जना घाइते

अत्तरिया : कैलालीमा चट्याङ लागेर थप एक जनाको मृत्यु भएको छ। धनगढी उप–महानगरपालिका–१८ ‘एफ’ गाँउका २७ वर्षीय शालिम चौधरी खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागी घाईते भएका थिए। चट्याङ लागेर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

यस्तै दुई जना घाइते भएका छन्। घाइते हुनेमा जानकी गाउँपालिका–४ बेलपुरका २९ वर्षीय रिता कठरिया र २३ वर्षीय सुस्मा डगौरा रहेका छन्। यसअघि आजै जोशीपुर गाउँपालिकाका जयराम डगौँराको मृत्यु भएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.