अत्तरिया, १२ असार : सुदूरपश्चिम अटो यातायात प्राईभेट लिमिटेड अत्तरियाले ट्राफिक बिटमा स्ट्यान्ड बोर्ड वितरण गरेको छ । बुधबार ‘कृपया रोक्नुहोस् प्रहरी चेकिङ्ग हुँदैछ’ भनेर लेखिएको स्ट्यान्ड बोर्ड अत्तरिया–धनगढी ६ लेन सडकमा रहेको २ वटा अस्थाई ट्राफिक प्रहरी पोस्टलाई वितरण गरिएको छ ।
अटो यातायात प्रा.लिले गोदावरी नगरपालिका स्थित अस्थाई ट्राफिक प्रहरी पोष्ट गेटा र धनगढी उपमहानगरपालिका स्थित राजपुर ट्राफिक प्रहरी पोष्टलाई १÷१ वटा स्ट्यान्ड बोर्ड वितरण गरेको अध्यक्ष सीताराम कठायतले जानकारी दिए ।
अध्यक्ष कडायतले ट्राफिक प्रहरीलाई आफ्नो कार्य गर्न सहजीकरण स्वरुप वितरण गरिएको जानकारी दिए । उनले ट्राफिक प्रहरी बीच र अटो यातायात प्राली बीच राम्रो समन्वय भई नियम कानुन अनुसार कार्य गर्न सहजीकरण उद्देश्यले वितरण गरिएका जानकारी दिए ।
सम्बन्धित पाेस्टहरु