अत्तरिया, १२ असार : गोदावरी नगरपालिकाको अत्तरियामा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस २०८१ कार्यक्रमको आयोजना गरिएको छ ।
बुधबार अत्तरियाको उग्रतारा सुधार केन्द्रको आयोजनामा भएको लागुऔषध विरुद्घ सचेतना मुलक कार्यक्रम इलाका प्रहरी कार्यालय मालाखेतीले सहकार्य गरेको हो । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटाले लागूऔषधको जस्ता नकारात्मक क्रियाकलापहरुको बारेमा सचेत हुनको साथै लागूऔषध बिरुद्ध एकजुट भएर यसको अन्त्य गर्न आवश्यक रहेको बताईन् ।
‘लागूऔषध जस्ता नकारात्मक कार्यमा फस्ने धेरै जस्तो साथिहरुको संगत भएर हुन्छं’, उनले भनिन । ‘साथीको सकारात्मक कुरालाई सजिलै ग्रहण गर्न र नकारात्मक कुरामा नाई भन्न सक्नुपर्दछ ।’ आफूले व्यक्तिको पहिचान चिनेर सकरात्मक सोच भएका व्यक्तिहरूलाई मात्र साथी बनाउन आवश्यक रहेको उनले बताईन । उनले बालबालिका यसको बढी जोखिममा रहेकाले बालबालिकालाई विद्यालयबाटै लागू औषध विरुद्धको सचेतना दिनुपर्ने बताइन् । आफ्नो क्षेत्रमा लागूऔषध जस्ता क्रियाकलाप नियन्त्रण गर्नको लागी यस्ता नकारात्मक कार्यहरू भइरहेको अवस्थामा संग्लन व्यक्तिको बारेमा समयमै प्रहरीलाई खबर पु¥याएर अन्त्य गर्न जरुरी रहेको उनले बताइन् । उनले लागूपदार्थको प्रयोग कारोबार बढेकोले यसको नियन्त्रणका लागि विभिन्न खाले जनचेतका कार्यक्रममा जोड दिनुपर्ने उनले बताइन् ।
उग्रतारा सुधार केन्द्रका संयोजक विमल भट्टले लागूऔषध बिरुद्ध सम्बन्धी कार्यक्रमहरु सञ्चालक गर्नका साथै जनचेतना फैलाउने आवश्यक रहेको बताए । लतमा फस्ने मुख्य कारण ‘साथीको लयलयमा लागेर हो भनेर भने, साथीको सकारात्मक कुरालाई ठीक हो भन्ने र नकारात्मक कुरालाई नाई भन्न सक्नु पर्दछ’ उनले भने उनले बढी जसो लागूऔषधको दुव्र्यसनीमा बालबालिका फस्ने जोखिम हुने भएकाले यसबाट जोगाउन सबै सचेत हुन आवश्यक रहेको बताए । ‘लागूऔषध सेवन सम्बन्धी नकारात्मक कुराहरूको बारेमा सेवन गर्न उत्साहित गराउने सरसल्लाह दिन्छ भने त्यस्ता ब्यक्तिहरुको बारेमा शिक्षक, अभिभावकसम्बन्धी निकायलाई गएर भन्न जरुरी रहेको र यसले गर्दा त्यस्ता ब्यक्तिको कारणले गर्दा आफू बिग्रिनबाट जोगिन सकिन्छ’ उनले भने । उनले पहिले आफू पनि लागूऔषधको लतमा फसेको र यस्ता नकारात्मक क्रियाकलाप लागूऔषध दुव्र्यसनिबाट बच्न सफल भएको साथै लागुऔषध दुव्र्यसनिमा फसेका व्यक्तिहरूलाई बचाउन सकीन्ने बताए । उनले लागूऔषध पूर्णरुपमा न्यूनीकरण गर्नको लागी राज्यको मात्रै जिम्मेवारी नभएर अभिभावक, विद्यार्थी देखि लिएर समाजसेवी, बुद्धिजीवी व्यक्तित्वहरुको दायित्व रहेको हुन्छं त्यसैले एक्लैले नहुने भएको यसमा सबै मिलेर हातेमालो गरेर लाग्न आवश्यक रहेको बताए ।
उनले सुधार केन्द्रबाट हालसम्म १५ सय भन्दा बढी लागूऔषध दुव्र्यसनीमा फसेकालाई समाजमा पुर्नस्थापना गरिएको बताए । यस्तै कार्यक्रममा इलाका प्रहरी कार्यालय मालालखेतीका प्रमुख डिएसपी गंगाबहादुर थापाले विद्यार्थीहरूलाई प्रशिक्षण दिँदै लागूऔषध सेवनले व्यक्तिहरूको शरीरमा पर्ने प्रत्यक्ष नकारात्मक असरहरू साथै यसको रोकथाम कसरी गर्ने बारेमा आफ्नो भनाई प्रस्तुत गरेका थिए भने यस लागूबिरुद्ध इलाका प्रहरीले विभिन्न कार्यहरूको प्रयास गरिरहेको बताए । उनले लागूऔषध सेवन गर्दा सेवन कर्तालाई भ्रमात्मक, उत्तेजनात्मक, सिथिल जस्ता नकारात्मक असरहरू बारेमा जानकरी दिएका थिए । उनले लागूऔषध दुव्र्यसनमा नपर्न लागुऔषधलाई छुनै भएन, सेवन नगर्न साथै लागुऔषध सेवन व्यक्तिको पहिचान कसरी गर्ने र कुनै पनि व्यक्तिले लागूऔषध सेवन गर्दै गरेको देखा परेमा प्रहरीलाई तुरुन्त खबर गरिदिन हुन् आग्रह समेत गरे । यस्तै लागुऔषध सेवन कर्ताले अपराध गर्न बाध्य हुने, कैद तथा सजाय भोग्न बाध्य हुने भएको सँगै लागुऔषध रेसर्चबाट आएका सर्वेक्षणका तथ्यहरूको बारेमा जानकारी दिएका हुन् ।
कार्यक्रममा अत्तरिया क्षेत्रमा रहेका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीहरु लगायत समाजसेवी, बुद्धिजीवी, प्रतिनिधी व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
सम्बन्धित पाेस्टहरु