अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया-धनगढी छ लेन सडकमा तारजाली सहितको वृक्षारोपणको तयारी गरिरहेको छ । नगरपालिकाले अत्तरिया देखि गेटा छलेन सड्कको खालि रहेको बीचको भागमा बृक्षारोपणका तयारी गरिरहेको हो ।
बिहीबार देखि नगरपालिकाले डोजर र टिप्पर लगाएर छलेन सडकको बिचमा रहेको पुराने माटो बाहिर निकालि रहेको छ । बोटबिरुवाका लागि मलिलो माटो नभएकाले उक्त माटोलाई निकालेर अर्को माटो ल्याईने नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले बताए । उनले यस अघि रोपीएका बिरुवाहरु मलिलो माटो नभएका कारण नहुर्किएको बताउदै नगरपालिकाले पुरानो माटोलाई निकालेर नयाँ मलिलो माटो ल्याउने र तारबार सहित बृक्षारोपण गर्ने बताएका छन् ।
नगरप्रमुख भट्टले गोदावरी क्षेत्रको छ लेन सडकमा पहिलेनै जडान हुने सडक बत्ती केही समस्याका कारण रद्द भएकोले यसपाली भने जडान गरिने बताएका छन् । बिद्युत प्रधिकरणले १५ दिने सूचना निकालेर ठेक्काका लागि नयाँ टेण्डर खोलेको बताउदै उनले यसै बर्षभित्र बिद्युत जडान हुने भएकाले त्यसका लागि पनि तारजालीको व्यवस्था भईरहेको बताएका छन् । त्यसैगरी अत्तरियामा बर्षातको समयमा हुने डुबानको समस्या समाधान गर्न सडक डिभिजन कार्यालयका ईन्जिनियरलाई बोलाएर नालीहरु देखाएको नगरप्रमुख भट्टले बताए । उनले पुर्व पश्चिम राजमार्गमा रहेको सडकमा सडक डिभिजन कार्यालयले स्थानीय सरकारलाई कुनै काम गर्न नदिएकाले डुबानको समस्या समाधान गर्न सडक डिभिजन कार्यालयका ईन्जिनियर हरी सुबेदीलाई बोलाएर अत्तरियाका नालिहरुको अबस्था देखाउनुका साथै समाधानको बारेमा कु्राकानी भएको बताए ।
उनले बजारमा नालीका ढक्कनहरु टुटेका र नालि जामहुने समस्या देखिएका कारण थोरै पानि पर्दा पनि अत्तरियामा पानि जम्ने समस्या रहेकाले अब उक्त समस्याको पनि समाधान गरिने बताए ।