एसइईमा गोदावरीबाट उत्कृष्ठ नतिजा ल्याएका विद्यार्थीहरुलाई नगरपालिकाद्वारा धन्यवाद तथा बधाई ज्ञापन

अत्तरिया, १४ असार : कैलालीको गोदावरीबाट यस बर्षको एसईईमा उत्कृष्ठ नतिजा ल्याएका तीन जना विद्यार्थीहरुलाई गोदावरी नगरपालिकाले बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।
नगर प्रमुख बिरेन्द्र भट्टले शुक्रबार आफ्नो कार्यकक्षमै बोलाएर गोदावरीका तिन विद्यायलबाट ४ जिपिए ल्याएका तीन जना विद्यार्थीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेका हुन् ।
नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट, उपप्रमुख शारदादेवी रोकाया र शिक्षा शाखाले एसईईमा ४ जीपिए हासिल गरेका अत्तरिया स्थित दुर्गालक्ष्मी नमुना माविकी छात्रा नितिका अवस्थी, सत्यवती एकेडेमीका निर्मल ठगुन्ना र सैनिक आवासीय महाविद्यालय तेघरीका विकास रावतलाई अविर र खादा लगाएर बधाई दिदै शुभकामना व्यक्त गरेका छन् ।
नगरप्रमुख र उपप्रमुखले बिवद्यार्थीहरुसंगै अभिभावक र विद्यालयका प्रध्यानाध्यापकहरुलाई पनि अविर र खादा लगाएर धन्यवाद ज्ञापन गरेका छन् । विद्यार्थीहरुलाई वधाई दिदै नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले सुदूरपश्चिम प्रदेशमा ४ जीपिए हासिल गर्ने ६ मध्ये तीन जना गोदावरीका रहेकामा खुशी व्यक्त गरेका छन् । उनले विद्यार्थी संगसंगै अभिभावक र शिक्षकहरुलाई धन्यवाद दिदै विद्यार्थीहरुको उज्जवल भविष्यको शुभकामना प्रदान गरेका छन् ।
उत्कृष्ठ नतिजा ल्याएर शिक्षामा गोदावरी नगरपालिका उत्कृष्ठ रहेको भनि चिनाउन सफल बिद्यार्थीहरुप्रति आभार व्यक्त गरे । नगरप्रमुख भट्टले सामान्यरुपमा बधाई तथा शुभकामना दिईएको बताउदै शिक्षा शाखा अन्तर्गतको विशेष कार्यक्रममा उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मान गर्ने बताएका छन् । सबैले सकारात्मक सोचका साथ सबैको समन्वय रहेर अगाडि बढ्यौ भने हरेक कुरामा सफलता मिल्ने नगरप्रमुख भट्टले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.