अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–४ बसन्तपुरकी नीतिका अवस्थीलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको छ । सुदूरपश्चिमका सामुदायिक विद्यालयहरु मध्येबाट दुर्गालक्ष्मी नमुना माध्यामिक विद्यालयमा अध्ययनरत नीतिका अवस्थी सुदुरपश्चिमकै ४ जीपीए ल्याउन सफल एक्ली विद्यार्थी हुन । उनलाई गोदावरी नगरपालिका वडा नं. ४ ले प्रोत्साहन स्वरुप सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष हेमप्रकाश मल्लले नितिका अवस्थीले शैक्षिक सत्र २०८० को एस ईई परीक्षाको नतिजामा सुदूरपश्चिमकै सामुदायिक विद्यालयबाट उत्कृष्ट जिपिए ४ ल्याएर वडा तथा सुदूरपश्चिमकै शिर उच्च राख्न सफल भएको बताउदै नितिकाको उज्जवल भविष्यको शुभकामना व्यक्त गरे।