देशैभरि मनसुनी वायु सक्रिय, कतै भारी, कतै धेरै भारी वर्षाको सम्भावना

अत्तरिया : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। शनिबार बिहान कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान, बाँकी प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका एकदुई स्थानमा दिउँसो धेरै भारी वर्षाको पनि सम्भावना छ।

आज राति पनि देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। राति देशभर धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै देशभरका थोरै स्थानमा राति भारी वर्षा हुने सम्भावना छ। राति कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.