सुदूरपश्चिममा मन्त्राल्यको संङ्ख्या १० पुगाएको भन्दै काँग्रेसको आपति

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा मन्त्रालय फुटाएर १० मन्त्रालय बनाएपछि काँग्रेसले चेतावनी दिएको छ। सरकारले आइतवार नै सात मन्त्रालय मध्ये चार मन्त्रालय फुटाएर मन्त्रालयको संख्या १० पुगाएको हो। भौतिक पूर्वाधार, सामाजिक विकास, भूमि व्यवस्था कृषि तथा सहकारी, उद्योग, पर्यटन वन तथा वातावरण फुटाएर १० जना मन्त्रीको व्यवस्थापन गरेको हो। नेपाली काँग्रेस संसदीयि दलले आईतबार प्रेस पिज्ञप्ति जारी गरेर चेतावनी दिएको छ।

प्रेस विज्ञप्तिमा भनिएको छ‘आर्थिक वर्ष २०८१।०८२ को वार्षिक बजेट तथा कार्यक्रम पुरुतीका (रातो किताब) जस्तो अती संवेदनशील दस्तावेज अनाधिकृत रुपमा सार्वजनिक भएको घटनाको जवाफ नआउँदै सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रालय विभाजन गरेर दश वटा मन्त्रालय बनाउने सरकारको निर्णयले निर्लज्जताको पराकाष्ठ प्रमाणित गरेको छ। प्रदेश सरकारले भागबन्डा मिलाउन र मन्त्रीहरुका जागिरका लागि गरेको मन्त्रालय विभाजनबाट प्रदेशको थला परेको आर्थिक अवस्था झन कमजोर हुनेछ। नेपाली काँग्रेस संसदीय दल घोर निन्दाका साथै आपत्ति प्रकट गर्दछर तत्काल निर्णय सच्याउन प्रदेश सरकारलाई चेतावनी दिन्छ। अन्यथा उत्पन्न परिस्थितिको प्रदेश सरकार आफैँ जिम्मेवार हुनेछ’ उल्लेख छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.