अत्तरिया : युग पुरुष स्व. गिरिजाप्रशाद कोइरालाको १०० औं स्मृति दिवसको अवसरमा नेपाल तरुण दल गोदावरीले वृहत वृक्षारोणको आयोजना गर्ने भएको छ ।
तरुण दल गोदावरीको आयोजनामा गोदावरी नगरपालिका वडा न. ३ को नबज्योति मावि बोजिया मालाखेतीको परिसर भित्र वृक्षारोपण गर्न लागेको हो ।
परिसरमा आँप, लिची, अम्बा, कागती जस्ता विभिन्न प्रजातिका फलफूलहरूको बिरुवा रोपिने तरुण दल गोदावरी नगरकार्य समिती अध्यक्ष रमेशराज भट्टराईले जानकारी दिए । कार्यक्रममा नेपाल तरूण दलका पदाधिकारी, कांग्रेस निकट नेता कार्यकर्ताहरुको उपस्थिति रहने जानकारी अध्यक्ष भट्टराईले बताए। वातावरणलाई स्वछ पार्न र समाजप्रतिको दायित्व निभाउन यो कार्यक्रम गर्न लागेको जनाएको छ । दरुण दल गोदावरी पटक-पटक विभिन्न रचनात्कम कार्य गर्दै आएको छ ।