अत्तरिया, १७ असार : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको सत्यवती एकेडेमीमा अध्ययनरत विद्यार्थी निर्मल ठगुन्ना र खुसी ओझालाई निःशुल्क पढाउने भएको छ ।
२०८० को एसईई परीक्षामा सत्यवती एकेडमीबाट सहभागी भएर ४ जीपिए ल्याका विद्यार्थी निर्मल ठगुन्ना र ३.९५ जीपिए ल्याएकी विद्यार्थी खुसी ओझालाई एकेडेमीले निःशुल्क पढाउने भएको हो ।
सोमबार एकेडमीद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रमममा सञ्चालक कडायतले विद्यार्थीहरुलाई बधाई तथा सम्मान गर्दै उनले उज्ज्वल भविष्यको कामना सँगै यस विद्यालयबाट सर्वाधिक जीपिए हासिल गर्न सफल विद्यार्थी ठगुन्ना र ओझालाई निःशुल्क पढाउने साथै उत्कृष्ट नतिजा हासिल गरेका अरु विद्यार्थीहरूलाई समेत उनीहरुको जिपिए अनुसार विशेष छुटमा साथ कक्षा १२ सम्म अध्यापन गराइने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै उनले कक्षा १२ मा जति विद्यार्थीहरुले ए प्लस ल्याउँछन् प्रत्येक विद्यार्थीहरूलाई १० हजार नगद सहित सम्मान गरिने बताए । यस्तै पढाइ तथ अतिरिक्त क्रियाकलापमा समेत अब्बल ४ जीपिए हासिल गरेका ठगुन्नाले म, मेरो परिवार समर्थन तथा विद्यालयमा राम्रो वातावरण पाएकाले उत्कृष्ट नतिजा हासिल गर्न सकेकोमा गर्भको अनुभूति गरेको अनुभव सुनाए । विद्यार्थी निर्मल ठगुन्ना आगामी दिनमा विज्ञान विषय लिएर उच्च शिक्षा हासिल गर्ने उनको चाहना रहेको बताए ।
एकेडेमीले एसईई उत्तीर्ण विद्यार्थी र अभिभावकहरुलाई सहभागी गराई उक्त एकेडेमीबाट उत्कृष्ट नतिजा हासिल गर्न सफल साथै उत्तीर्ण भएकोमा विद्यार्थीहरूलाई वधाई तथा सम्मान गरेको हो । त्यस्तै गरी यस एकेडेमीका ७० जना विद्यार्थीहरु सहभागि रहेको परीक्षामा ७ जना विद्यार्थीले ए प्लस ल्याएको र अन्य विद्यार्थीहरुले पनि उत्कृष्ठ नतिजा ल्याउन सफल भएका हुन ।