Agni Offset Press

गोदावरीमा लगानीकर्ता शिक्षा सचेतना तथा तालिम कार्यक्रमको आयोजना

Aarati simant

अत्तरिया, १७ असार : कैलालीको गोदावरी रिसोर्टमा सोमबार एक कार्यक्रमको आयोजना गरिएको छ । नेपाल धितो बोर्ड पत्रको आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघको समन्वय र अत्तरिया उद्योग वाणिज्य संघको सहजीकरणमा भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगरतर्फको उपाध्यक्ष सुरकृष्ण वैद्य प्रमुख अतिथि रहेका थिए ।

यस्तै कार्यक्रममा महासंघको केन्द्रिय सदस्य एवं कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष पुष्पराज कुँवर विशिष्ट अतिथि रहेका थिए । कार्यक्रमको प्रशिक्षक नेपाल धितो पत्र बोर्डका शंकर रिमाल रहेका थिए ।

गोदावरी रिसोर्टमा आयोजना गरेको लगानीकर्ता शिक्षा, सचेतना तथा तालिम कार्यक्रम अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहराको अध्यक्षतामा भएको हो । कैलाली उद्योग वाणिज्य संघका कार्यालयमा कार्यरत कार्यकारी निर्देशक गोमा आचार्यले कार्यक्रमको सञ्चालन गरेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.