अत्तरिया, १७ असार : कैलालीले गोदावरी नगरपालीकाको न्यायिक समितिले सरोकारवालाहरु संग अन्तरक्रिया गरेको छ । न्यायिक समितिले सोमबार नगरपालिकाभित्रका मेलमिलाप संयोजक, मेलमिलाप सहजकर्ताहरुसंग अन्तरक्रिया गरेको हो । मेलमिलापकर्ताहरुले न्याय सम्पादनकालागी उचित स्थानको अभाव भएको गुनासो गरे ।
भाडाका घरमा संचालनमा रहेका वडाहरुमा न्याय सम्पादन गर्दा समस्या हुने गरेको वडा नम्बर ८ की मेलमिलापकर्ता राजेश्वरी पाण्डेयले बताईन् । कतिपयले भने मेलमिलापकर्ताहरुलाई पीडक पक्षले नर्टेने गरेको गुनासो पनि सहभागीहरुको थियो ।
चालु आर्थिक वर्षको हालसम्म गोदावरी नगरपालीकाको न्यायिक समितिमा ४३ ओटा विवाद दर्ता भएको शाखाले जनाएको छ । त्यस्तै १८ विवाद पुराना सरि आएका थिए । जम्मा ६१ विवाद मध्य १८ मेलमिलाप केन्द्र र ३७ न्यायिक समितिमा गरि ५५ ओटा विवाद फैछ्यौट भईसकेका छन् भने ६ ओटा प्रक्रियामा रहेका छन् ।
सम्बन्धित पाेस्टहरु