अत्तरिया, १८ असार : नेपाल तरुण दलले कैलालीको गोदावरी नगरपालिका–३ मा रहेको नवज्योति माध्यामिक विद्यालयमा वृक्षारोपण गरिएको छ ।
युग पुरुष स्व. गिरिजाप्रशाद कोइरालाको सताब्दीयौँ स्मृति दिवसको अवसरमा आज (मंगलबार) वृक्षारोण कार्यक्रम गरेको हो । नवज्योति मावि बोजिया मालाखेतीको परिसर भित्र विभिन्न प्रजातिको वृक्षारोपण गरिएको हो । सुदूरपश्चिम प्रदेशसभा सदस्या प्रकाश वम र तुल्सी देवकोट लगायतका कांग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति मा वृक्षारोपण गरिएको थियो ।
वृक्षारोपण कार्यक्रममा आँप, लिची, अम्बा, विजय साल, धुपी, जस्ता विभिन्न प्रजातिका फलफूलहरूको विरुवा रोपिएको नेपाल तरुण दल गोदावरी नगरकार्य समिती अध्यक्ष रमेश भट्टराईले बताए । साथै उक्त रोपिएको विरुवालाई हुर्काउन मलजल गर्नका लागि विद्यालयलाई अनुरोध समेत गरेका छन ।
कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले विकाससँगै वातावरणमा प्रदुषण बढेकोले स्वच्छ वातावरणका लागि सोच्नुपर्ने बताए । नगरमा दैनिक फोहोर व्यवस्थापन गर्दै आएको र क्रमिक रुपमा योजनाका साथ सरसफाई कार्यक्रम सञ्चालन भै रहेको उनको भनाई रहेको छ । नेपाल तरुण दल गोदावरी नगरकार्य समिति अध्यक्ष भट्टराई भने, ‘हामीले हाम्रो वातावरणलाई स्वछ पार्न र हाम्रो समाजप्रतिको दायित्व निभाउन यो कार्यक्रम गरेका हो । आगामी दिनमा पनि यस्तै खालका कार्यक्रम निरन्तरता रहनेछन् ।’
सम्बन्धित पाेस्टहरु