Agni Offset Press

नेपाली कांग्रेस क्षेत्र नम्बर ५ कैलाली द्वारा रक्तदान आयोजना : ३२ प्वाईन्ट रगत संकलन

Aarati simant

अत्तरिया : नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सताब्दीयौँ स्मृतिमा कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ५ द्वारा पार्टी कार्यालय कैलालीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
धनगढीमा रगतको अभावका कारण बिरामीलाई रगत पाउनै सकस भैरहेको जानकारी पाएपछि नेपाली राजनीतिका शिखर पुरुष कोइरालाको जन्मजयन्तीको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ५ का सभापति भिम पडालले बताए ।
रक्तदान कार्यक्रममा ३२ प्वाईन्ट रगत संकलन भएको कार्यक्रमका संयोजक प्रदिप पाठकले बताए । उनले २९ जना पुरुष र ३ जना महिलाले रक्तदान गरेका बताउदै यसले रगत चाहिने बिरामीका लागि थोरै भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सुदूरपश्चिम मै सबैभन्दा धेरै १०५ पटक रक्तदान गरेका स्वयंसेवी रक्तदाता एबम पत्रकार दीपक उपाध्यायलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्तले सर्वाधिक रक्तदाता उपाध्यायलाई दोसल्ला र प्रमाण पत्रले सम्मान गरेका थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.