Agni Offset Press

प्रधानमन्त्रीले राजिनामा नदिने, संसदमा विश्वासको मत माग्ने माओवादीको निर्णय

Aarati simant

काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेको छ । नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको नयाँ समिकरणसँगै प्रधानमन्त्रीले राजिनामा दिने चर्चाकै बीच माओवादीले संसदमा विश्वासको मत माग्ने निर्णय गरेको हो ।

आज विहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो । सचिव देवेन्द्र पौडेलले बैठकपछि भने, ‘प्रधानमन्त्रीले विश्वासको मतको सामाना गर्ने धारणा बनाउनुभएको छ । हामीले पनि पार्टीको तर्फबाट एकमतले समर्थन गरेका छौं ।’

त्यस्तै, बैठकले सरकारमा सहभागी रास्वपासँग छलफल गरेर कांग्रेस र एमालेका विभिन्न पक्षसँग कुराकानी गरेर अगाडि बढ्ने निर्णय समेत गरेको छ ।यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले आज विहानै बालुवाटार पुगेर राजिनामा गरेर बाटो खोल्न आग्रह गरेका थिए ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.