नसर्ने रोगहरूको अवस्था र रोकथामका उपायहरु विषयक अन्तरक्रिया

अत्तरिया, १८ असार : कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा नसर्ने रोगहरूको अहिलेको अवस्था र रोकथामका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार गोदावरी नगरपालिकाको आयोजनामा धनगढीको चुरे मिडियाले कार्यक्रमको संयोजन गरेको थियो । कार्यक्रममा नसर्ने रोगहरूको अवस्था र रोकथामका उपायहरूको बारेमा भएको अन्तरक्रिया कार्यक्रमको गेटा अस्पतालका डाक्टर चेतराज भट्टले नसर्ने रोगहरूको बारेमा सल्लाह सुझाव, जानकारी सँगै सहजीकरण गरेका थिए । चुरे मिडियाका सञ्चालक हेमन्त पौडेलले पछिल्लो समयमा तिब्र गतिमा बढ्दै गएको नसर्ने रोगहरूको कसरी रोकथाम गर्न सकिन्छ भनेर डाक्टरको राय सुझाब सँगै सहभागी व्यक्तित्वहरूलाई जानकारी दिन उक्त कार्यक्रम सञ्चालन गरेको बताए । अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मी, बुद्धिजीवी लगायत समाजका अग्रज व्यक्तिवहरुको सहभागिता रहेको थियो । साथै कार्यक्रममा सहभागी व्यक्तित्वहरुले आ–आफ्नो अनुभव, जिज्ञासा राखेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.