अत्तरिया : अबिरल बर्षाका कारण गोदावरी नगरपालिका अत्तरिया क्षेत्र वरीपरीको जनजीवन प्रभावित बनेको छ । केहि बस्तीहरु डुवानमा परेका छन् । मंगलबार राति देखिको लगातारको वर्षाले निकास नपाउँदा अत्तरियाका केही भाग जलमग्न भएका छन । गोदावरी नगर अत्तरियामा बाक्लो बस्ती हुँदै गएको र नक्सा पास नगरी अव्वस्थित रुपमा घर निर्माणले पछिल्ला दिनहरुमा पानीको निकास नहुँदा डुवान हुने गरेको छ ।
डुवान बस्तीमा पानी निकासका लागि मेयर विरेन्द्र भट्ट सहितको टोलि आज (बुधबार) विहान देखि खटिएको थियो । अत्तरिया चोकको पुर्वपट्टी रहेको सुकुम्बासी बस्तीमा ६ लेन सडक खण्डको नालीको पानी बस्तीमा पसेपछि सर्वसाधारण समस्यामा परेका छन् । नगर प्रमुख भट्टले स्थलगत अनुगमन पश्चात पानीलाई डाईभर्ट गरिएको छ ।
यस्तैगरि आज बिहान ६ः३० बजे देखि नै वडा न १,२, ३ र ४ का बिभिन्न ठाउँमा नगर भट्ट सँगै नगर प्रबक्ता तथा वडा न. १ का वडा अध्यक्ष गोपालदत्त भट्टले यस पालिका भित्र डुबानमा परेका ठाउँहरुको स्थलगत अनुगमन सँगै डोजरले निकास निकाल्ने काम भईरहेको हो । नगर प्रमुख भट्टले वर्षा जारी रहेकाले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह समेत गरेका छन् । डुबानमा परेकाहरुलाई सहजीकरण र उद्दारका लागि पालिकासँग भएको स्रोत परिचालन गरीरहेको भट्टले जानकारी दिए।